१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

नुवाकोट कारागारमा कार्यरत राम बहादुर बस्नेतको डुबेर मृत्यु

१३ असार, नुवाकोट । कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर आज मृत्यु भएको छ ।

विदुर नगरपालिका–९ आपटार निवासी ४५ वर्षीय बस्नेत नहरको पानीमा नुहाइरहेको समयमा चिम्लिएर बगाउँदा मृत्यु भएको नगर प्रहरी चौकी कोलनीका प्रहरी सहायक निरीक्षक राजु लामिछानेले जानकारी दिनुभयो । पानीमा डुबेका बस्नेतलाई खोजी गर्ने क्रममा कोलनीस्थित नुहाउन लागेको स्थानभन्दा तीन सय मिटर तल शव भेटिएको हो ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार १९:२४