२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नुवाकोटको लच्याङमा भिरबाट लडेर रसुवाका साइला तामाङको मृत्यु

१२ असार, नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ लच्याङको छाप भन्ने स्थानमा भिरबाट लडेर रसुवाका साइला तामाङको मृत्यु भएको छ ।

रसुवा सरमथली घर भएका अन्दाजी ३५ वर्षिया तामाङको घर फर्कदै गरेको समयमा भिरबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

साँघुरो बाटो र पानी परिरहेकाले चिप्लेर लडेका तामाङ करीब २०० मिटर तल पुगेका थिए । तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार १९:३२