२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कक्षा युकेजीदेखि १० सम्म गयल नभएका शाक्य, जो १०२ डिग्रीको ज्वरोमा पनि विद्यालय पुग्थे

१२ असार, काठमाडौँ । प्रत्युषराज शाक्य यस वर्षको एसईई परीक्षामा ३.९५ जीपीए पाएर सफल भएका छन । उनी एसईईमा सफल भएपछि उनको विगत बाहिरिएको छ ।

प्रत्युषराजका बारेमा निर्मल बज्राचार्य मार्फत प्राप्त गरेको जानकारी पत्रकार प्रकृति अधिकारीले फेसबुक मार्फत जानकारी दिएका छन । डल्लुस्थित स्वर्णिम स्कुलबाट एसईई परीक्षामा सहभागी भएका शाक्यले स्कुल जीवनमा कहिल्यै पनि कक्षा नछाडेको निर्मल बज्राचार्यले बताएका छन ।

उनी एउटा कक्षामा मात्रै गयल नभएका होइनन् युकेजीदेखि कक्षा १० सम्म कहिल्यै गयल भएनन् । बज्राचार्यका अनुसार शाक्य १०२ डिग्री ज्वरो आउँदासम्म पनि घरमा रोइकराइ गरेर विद्यालय पुगिछाड्थे । उनको कुनै पनि लब्धाङ्क पत्रमा गयल भएको रेकर्ड छैन ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार १७:४८