२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

“बोल माया बोल” भन्दै रुदै थिइन् उनी (गजल)


–गणेश आचार्य

“बोल माया बोल” भन्दै रुदै थिइन् उनी ।
बलिन्द्र ति आँशुले मुख धुदै थिइन् उनी ।

कमाउन गएको लोग्ने आयो बाकसमा
भक्कानिदै भावविब्हल हुदै थिइन् उनी ।

गर्भवती रैछिन् बरै, पेटमा सानो बच्चा
जन्माउकी मार्दिउ भन्दै छुदै थिइन् उनी ।

नियतीले ठग्यो उनलाई पछुताउदै थिइन्
धन कमाउन पठाउने नि खुदै थिइन् उनी ।

सँगै जिउने सँगै मर्ने दुई मुटुको वाचा
छाडी गयो एउटा मुटु जिउदै थिइन् उनी ।

जैमिनी न.पा.५
हाल इटाली

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार १०:४६