२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

सन्दीप लामिछाने आईपीएलमा बिक्री भएनन्

६ फागुन, काठमाडाैँ । इण्डियन प्रिमियर लिग (आईपीएल) काे अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने ‘अनसाेल्ड’ भएका छन् । चेन्नईमा भइरहेकाे अक्शनमा सन्दीप ‘अनसाेल्ड’ भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेकाे हाे ।

तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेकाे थियाे । सन्दीप अक्शनका लागि छनाेट भएसँगै नेपाली समर्थक निकै खुसी भएका थिए । सन्दीपले दिल्लीबाट नाै खेल खेलेकाेमा १३ विकेट लिएका थिए । सन्दीप दिल्लीमा तीन वर्ष अनुबन्ध भए पनि गएकाे संस्करणमा भएकाे खेलमा एक माैका पनि पाएका थिएनन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १८:१६