२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

प्लाष्टिक कम्पनीमाथि प्रतिबन्ध लगाउने मन्त्री लालबाबु पण्डितको घोषणा

१५ फागुन, काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध गर्ने बताए ।

नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयत गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको भन्दै अव आयत हुने सामानको ल्याव परिक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उनको दाबी छ ।

उनले बैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालनमा ल्याउन पाउने बताए । हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदुषणमय भेटिएको भन्दै अव त्यस्ता सवारी साधन परिक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदुषणयुक्त फेला परेमा सवारी धनी र कर्मचारीलाई समेत कारवाही गरिने हुने बताए ।

 

प्रकाशित मिति : 13:41