४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

१६ अंकले घट्यो नेप्से, ८ अर्ब ४१ करोडबढीकाे काराेबार

२९ माघ, काठमाडाैँ । कारोबारको अन्तिम दिन नेप्से परिसूचक १६.११ अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २,५२६.९२ विन्दुमा रोकिएको छ । आज १ करोड ६० लाख ५८ हजार ४५८ कित्ताको किनबेचमा ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज सबैभन्दा बढी कारोबार डिप्रोस विकास बैंकको ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी नबिल बैंकको ३८ करोड , कुमारी बैंकको ३२ करोड, प्रभु बैंकको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १५:३१