३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

अाजबाट सुशील कोइराला क्यान्सर अस्पतालमा ओपीडी सेवा सुरु

११ असार, नेपालगञ्ज । ३५ करोड खर्च गरेर निर्माण गरीएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सोमबारबाट ओपीडी सेवा दिन सुरु गरेको छ ।नेपालगञ्जको बाँके खजुरास्थित क्यान्सर अस्पतालले सरकारबाट १०० श्ययाको मान्यता पाएको मा पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा सुरु गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार ओपीडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।
यस अस्पतालको सेवाबाट ५ नम्बर प्रदेश, ७ नम्बर प्रदेश र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने अनुमान गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको क्यान्सरकै कारण निधन भएको थियो । त्यसैले उनकै नामबाट कोइरालाको गृहजिल्ला बाँकेमा क्यान्सर अस्पताल खोलिएको हो ।अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक अपरेशन थियटर, एम्बुलेन्स लगायतका सेवा छन् ।

प्रकाशित मिति : ११ असार २०७५, सोमबार ०९:५०