४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

२९ अंकले घट्यो नेप्से, ८ अर्ब १४ करोडबढीकाे काराेबार

२७ माघ, काठमाडाैँ । लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको नेप्से आज २९.०१ ले ओरालो लागेर दुई हजार ५३२.४६ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८९ ले ओरालो लागेर ४६१.७० मा आईपुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने उच्च नै रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १९४ कम्पनीको एक करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर रु आठ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ मूल्यमा खरिद बिक्री भए ।

नेप्से ओरालो लाग्दा बजार पूँजीकरणसमेत घटेको छ । आजको कारोवारपछि रु ३४ खर्ब १६ अर्ब २१ करोड २४ लाख ६० हजार बराबरको बजार पूँजीकरण भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक २५.५२ र वित्त १२.७२ ले उकालो लागे । यस्तै, बैंकिङ ९.४२, व्यापार ४९.४९, होटल ३२.८६, जलविद्युत् २९.७६, निर्जीवन बीमा २३७.१४, उत्पादन ९८.९४, अन्य ३३.६८, लघुवित्त १२८.२४, जीवन बीमा २७४.०३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज गरिमा विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो लघुवित्तको रु ३४ करोड ७१ लाख ८२ हजार ३६४ बराबरको कारोवार भएको छ । यस्तै, प्रभु बैंक रु ३० करोड ५८ लाख १८ हजार ३९८, ग्लोबल आइएमई बैंक रु २९ करोड ४५ लाख ६८ हजार ७२२, डिप्रोक्स लघुवित्त रु २५ करोड ७५ लाख ३५ हजार ७५७, एनआइसी एशिया बैंक रु २२ करोड ९१ लाख ६२ हजार ५६८, नेपाल लाइफ इन्स्योरेन्स रु २१ करोड ७६ लाख ५३ हजार ७५५, हिमालयन डिस्टिलरी रु २१ करोड ६४ लाख ७३ हजार ४५०, नेपाल दूरसञ्चार कम्पनी रु २१ करोड २९ लाख ७७ हजार ५९ र नबिल बैंक रु २१ करोड २७ लाख ८४ हजार ८३२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा गुडविल फाइनान्स ९.९२, श्री इन्भेस्ट फाइनान्स ९.६५, समृद्धि फाइनान्स कम्पनी ९.५२, कालिका पावर कम्पनी ५, नेपाल ल्यूब आयल ४.९८, आँखु खोला जलविद्युत् कम्पनी ४.३८, कामना सेवा विकास बैंक ४.२१, गरिमा विकास लघुवित्त ३.१३ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले २.०५ प्रतिशतले कमाए ।

त्यस्तै, सर्पोट माइक्रोफाइनान्स ५.८२, निर्धन उत्थान लघुवित्त ५.८१, माउण्टेन इनर्जी नेपाल ५.१९, गुराँस लघुवित्त ४.९५, नेरुडे लघुवित्त ४.७८, छ्याङ्दी हाइड्रोपावर ४.७८, ग्लोबल आइएमई लघुवित्त ४.६९, साधाना लघुवित्त ४.४५ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ४.२९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १९:२८