विश्वकपमा दोस्रो हृयाट्रिक हृयारी केनको
१० असार, काठमाडौं । रुस विश्वकप फुटबलमा इंग्ल्याण्डका हृयारी केनले दोस्रो हृयाट्रिक गरेका छन् । पहिलो हृयाट्रिक पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले गरेका थिए । उनले आइतबार पानामाविरुद्ध हृयाट्रिक गरेका हुन् ।
जसमध्ये दुई गोल पेनाल्टीमा थियो । २२ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी गोल गरेका उनले मैदान छाड्नु अघि ६२ औं मिनेटमा हृयाट्रिक पूरा गरेका हुन् । साथै सन् १९८६ पछि विश्वकप फुटबलमा हृयाट्रिक गर्ने केन पहिलो इंग्लिस खेलाडी हुन् ।
प्रकाशित मिति : १० असार २०७५, आईतवार १९:३८