३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बैंक अफ काठमान्डूले लिलामीमा ल्यायो ८ लाख ५० हजार कित्ता संस्थापक सेयर, कति दिने आवेदन ?

२७ माघ, काठमाडाैँ । बैंक अफ काठमान्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ ।बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरहरु बोलकबोल प्रक्रियाबाट बिक्री खुल्ला गरेको हो ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ लाख कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५० हजार कित्ता लिलामीमा बिक्री खुल्ला गरेको छ । आरएमडिसी लघुवित्तको न्युनतम प्रतिकित्ता मूल्य रु ५२० तोकिएको छ भने छिमेक लघुवित्तको प्रतिकित्ता ६ सय तोकिएको छ त्यसैले लगानीकर्ताले सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । उक्त सेयरको बिक्री प्रबन्धकको काम बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

उक्त संस्थापक सेयरहरू खरीद गर्न चाहने इच्छुक बैंकका सेयरधनी/बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आजबाट चैत्र ३ गतेसम्म प्रतिकित्ता  कति दररेटमा लिने हो खुलाई बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १२:२२