८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

एनसीसी बैंकले २५ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्दै

२५ माघ, काठमाडाैँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्ने भएकाे छ । बैंकले फागुन २ गतेबाट २५ लाख कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्न लागेकाे हाे ।बैंककाे संस्थापक समूहकाे सेयरमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


उक्त सेयरमा हालका संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले फागुन २ गतेदेखि ९ गतेसम्म न्यूतमम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । उक्त सेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आईतवार १४:२२