रुरु जलविद्युत परियोजनाले पायो आइपिओ निष्काशनको अनुमति
२३ माघ, काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ८ करोड १५ लाख बराबरको आइपिओ निष्काशन गर्न माघ २१ गते रुरु जलविद्युत परियोजना लिमिटेडलाई आइपिओ निष्कासनको अनुमति दिएको हो।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि कुल ८ करोड १५ लाख ४१ हजार १०० बराबरको ८ लाख १५ हजार ४११ कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । जसमध्ये ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावित स्थानियका लागि र ४ लाख ७ हजार ७०६ कित्ता सेयर जारी गर्नेछ । कम्पनीले स्थायिलाई प्रतिकित्ता १०० र सर्वसाधारणलाई प्रतिकित्ता १२० रुपैयाँमा आइपिओ जारी गर्न लागेको हो । उक्त आइपिओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १७:१४