चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेञ्ज ?
२३ माघ, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्जले कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचीकृत गरेको हो। चन्द्रागिरी हिल्सकाे शेयर आइतबारदेखि कारोबारमा आउने छ ।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि सिजिएच (CGH) कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले चन्द्रागिरी हिल्सकाे पहिलो कारोबारको लागि ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर सूचीकरणको दोस्रो दिन अर्थात आइतबारदेखि यहि रेञ्जमा आधारित रहेर पहिलो कारोबार खुल्नेछ।
प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १३:२९













