२५ बैशाख २०८२, बिहीबार | Thu May 8 2025

नेप्सेमा सिभिल बैंकको बाेनस सेयरमूल्य समायोजन

२३ माघ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंक लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २३२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंककाे ८ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता २१५ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे ।

बैंककाे १० औँ वार्षिक साधारण सभा फागुन ९ गते हुँदैछ । सभामा सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ नगद (कर प्रयाेजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १०:०७