२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

रोजगारीका लागि अब युवाले विदेशिनु पर्दैनः मन्त्री तामाङ

 ९ असार,नवलपरासी । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आम नेपाली युवालाई स्वदेशमै रोजगारको व्यवस्था गरिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नवलपरासीले आज पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री तामाङले नेपालमा ठूला विकासका योजना ल्याउने र सोही योजनाअन्तर्गत युवालाई स्वदेशमै रोजगार प्रदान गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

मन्त्री तामाङले अब युवालाई हरियो राहदानी थमाएर विदेश पठाउनेभन्दा पनि हरियो चेक दिएर स्वदेशमा नै रोजगारको प्रबन्ध मिलाइने बताउनुभयो ।

उहाँले सरकारले युवालाई स्वदेशमा नै केही गर्न सकून् भन्दै आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋर्ण पनि प्रदान गर्ने व्यवस्था मिलाएको हुँदा अब उनीहरुलाई स्वदेशमै आफ्नो क्षमता र योग्यताअनुसारको काम गर्न पाउने छन् भन्नुभयो ।

चुनावी घोषणापत्रमा जेष्ठ नागरिकलाई प्रदान गर्ने भनिएको रु पाँच हजारको वृद्धभत्तालाई यही सरकारको समयमा लागू गरिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : ९ असार २०७५, शनिबार २०:२०