११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

प्रेम राईसहित संवैधानिक निकायका सबै पदाधिकारीले लिए सपथ (फोटोफिचर)

२१ माघ, काठमाडाैँ । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुले आज शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपथ ग्रहण गराएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गरेका हुन्। मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तिको नियुक्ति, सिफारिश गरेको थियो ।

संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ । तस्बीरहरूः प्रधानमन्त्रीका प्रेस सल्लाहकार पेजबाट साभार ।

प्रकाशित मिति : February 3, 2021 at 12:04 pm