५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

याे दिलमा लुक्नेपनि तिमी नै त हाै नि (गजल)


मेराे पीडा बुझ्नेपनि तिमी नै त हाै नि
याे दिलमा लुक्नेपनि तिमी नै त हाै नि ।

मुस्कानका दन्तेलहर मनमनै सांचिराछु
लजाएर झुक्नेपनि तिमी नै त हाै नि ।

कमि छ एउटा कुरा अभावमै तड्पिराछु
सजाएर पुग्नेपनि तिमी नै त हाै नि ।

खडेरी याे जिवनमा अश्वासन दिई
डसाएर चुस्नेपनि तिमी नै त हाै नि ।

अलपत्र बनाईदियाै सपना सब तुहाएर
चपाएर थुक्नेपनि तिमी नै त हाै नि ।

प्रकाशित मिति : ९ असार २०७५, शनिबार ११:४४