५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

महिला लघुवित्तले माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

१९ माघ, काठमाडाैँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ।  लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने ४ करोड बराबरको प्रति सेयर १ सय रुपैयाँ दरका ४ लाख कित्ता साधरण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर नागरिक लगानी कोषका लागि र बाँकि कित्ता ३ लाख ७५ हजार कित्ता साधरण सेयर सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशन गर्नेछ । सो आईपीओमा छिटोमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभरीमा पूर्ण आवेदन नपरेमा फागुन १२ गतेसम्म निष्काशन खुला गरिने लघुवित्तले जनाएको छ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । इन्क्रा रेटीङ् नेपालले उक्त आइपिओलाई इन्क्रा एनपी डबल बि रेटीङ् प्रदान गरेको छ यसले वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्ये जोखिम रहेको देखाउँछ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १०:००