३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

ब्राजिलको पहिलो जित चुक्यो कोस्टारिका

८ असार, काठमाडौं । ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ ।ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले प्रहार गरेको २० सटमा ९ सट पोस्टको दिशामा थियो । अन्तिम सयमसम्म कोस्टारिकाको गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्होलाई रोक्न सकेनन् ।

ब्राजिलले २ खेलबाट ४ अंक जोडेको छ । दुबै खेल गुमाएको कोस्टारिका शून्य मा छ । सर्बिया र स्वीटजरल्याण्ड बीचको खेल शुक्रबार पौने १२ बजे हुँदैछ ।

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार २०:२८