५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

आइतबार सेयर बजारमा भारी गिरावट

१८ माघ, काठमाडाैँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक र सेन्सेटिभ परिसूचक दुवैमा गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्से परिसूचक ५४.७५ अंकले घटेको छ । २.२६प्रतिशतले परिसूचक घट्दा बजार २३७०.५४ विन्दुमा झरेको छ । यता सेन्सेटिभ परिसूचक ९.७३ अंकले घटेको छ । २.२० प्रतिशतले परिसूचक घट्दा बजार ४३२.३३ विन्दुमा झरेको छ ।

कुल २ सय ४ वटा कम्पनीको १ करोड ५१ लाख १० हजार ४०८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २६ करोड ५९ लाख ६४ हजार ६६४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आइतवार शेयर बजारका सबै उपसमूहहरूको सूचक राताम्मे भएकाे छ । आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३९ करोड ८९ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार १६:०६