१ फाल्गुन २०८१, बिहीबार | Thu Feb 13 2025

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र आजदेखि खुल्ला

१६ माघ, काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो।

बैंकले  निष्काशन गरेकाे  ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरमा बिक्री गर्नेछ भने बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्रमा सर्वसाधारणमा बिक्रीमा ल्याएको छ। जसमा ८० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ।

बैंककाे ७ वर्ष अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउने बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङले जनाएको छ। ऋणपत्र खरिद गर्न चाहाने लगानीकर्ताले माघ १६ देखि छिटोमा माघ २० गतेसम्म आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै ऋणपत्र बिक्री नभएका माघ ३० गतेसम्म आवेदन दिन सकिने छ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागिआवेदन दिन सक्नेछन् । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड,नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार १५:०७