इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, कतिले पाए थप १० कित्ता शेयर
१६ माघ, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटको कार्यलयमा आज बिहान १० बजे शेयर बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटका अनुसार ५० कित्तासम्म शेयर माग गर्नेले माग अनुसार नै शेयर पाएका छन् । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएकाे छ । त्यसैले अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले शेयर पाएका छन् ।

बैंकको आईपीओमा कुल आवेदन मध्ये १४ लाख ७५ हजार ८० वटा आवेदनलाई योग्य ठहर गरेको हो । भने ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।
बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।
प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार १०:४९













