५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आज बाँडफाँड

१६ माघ, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आइपीओ) आज बाँडफाँड हुँदैछ । उक्त आइपिओ बाँडफाँड बिहान १० बजे बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको केन्द्रिय कार्यलय लाजिम्पाट काठमाडौँमा हुनेछ । आईपिओ बाँडफाँडको प्रत्यक्ष प्रसारण एनआइबिएल एस क्यापिलको फेसबुक पेज मार्फत गरिने क्यापिटलले जनाएको छ ।

बैंकको आईपीओमा कुल आवेदन मध्ये १४ लाख ७५ हजार ८० वटा आवेदनलाई योग्य ठहर गरेको हो । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले पाउनेछन् भने केही भाग्यशालीले ६० कित्तासम्म सेयर प्राप्त गर्नेछन् । प्रि अलोटमेन्टमा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ ।


बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार ०९:३३