४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार बाँडफाँड हुने, ५० कित्तासम्म आवेदन दिने सबैले पाउने

१४ माघ, काठमाडाैँ । इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा ५० कित्तासम्म आवेदन दिने सबैले पाउने भएका छन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले प्रि–अलोटमेन्टमार्फत् १४ लाख ७५ हजार ८ वटा आवेदनलाई योग्य ठहर गरेको हो । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले पाउनेछन् भने केही भाग्यशालीले ६० कित्तासम्म सेयर प्राप्त गर्नेछन् । प्रि अलोटमेन्टमा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ ।

आइपीओ बाँडफाँड शुक्रबार विहान १० बजे हुनेछ । बैंकले माघ २ देखि ६ गतेसम्म ८ अर्ब रुपैयाँ बराबरको निष्कासन गरेको ८ अर्बको आईपीओमा आवेदन दिनेको संख्या १४ लाख ८१ हजार २८४ थियो । उनीहरूले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँका लागि आवेदन दिएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १८:३४