४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

बुधबार नेप्सेमा ८४ लाख १७ हजार कित्ता बोनस सेयर सुचिकृत

१४ माघ, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीकाे ८४ लाख १७ हजार ४६.३७ कित्ता सूचीकृत भएको छ।नेप्सेमा आज फस्ट माइक्रोफाइनान्स,  साल्ट ट्रेडिङ र सिटिजन्स बैंकले हालै सेयरधनीहरुलाई वितरण गरेका कुल ८४ लाख १७ हजार ४६.३७ कित्ता सूचीकृत भएको हाे । फस्ट माइक्रोफाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाइ वितरण गरेको ९.५ प्रतिशत बराबरको बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । आज माइक्रोफाइनान्स कम्पनीको ७ लाख ६० हजार ७०४.५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

आज नेप्सेमा सिटिजन्स बैंकको ७२ लाख ७१ हजार ८५३.८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ। । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। त्यसैगरी  आज नेप्सेमा साल्ट ट्रेडिङको ३ लाख ८४ हजार ४८८ कित्ता बोनस सूचीकृत भएको छ। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १५:४१