मोलुङ्ग हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन गर्ने
१२ माघ, काठमाडाैँ । मोलुङ्ग हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएकाे छ । आइपिओ निष्काशन गर्ने प्रस्ताव सहित मोलुङ्ग हाइड्रोपावर लिमिटेडले ११औं वार्षिक साधारणसभा आह्वान गरेको छ । माघ ५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा फागुन ६ गते कम्पनीको रजिष्टार्ड कार्यालय रविभवनमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा साधारण सेयरको सार्वजनिक निष्काशन गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ । त्यस्तै कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने लगायत विविध विषयमा छलफल गरी पारित गरिनेछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार ०९:५६













