९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

जिल्ला प्रशासन कार्यालय दोलखामा नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउण्टर

१० माघ, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले यहि मिति २०७७ साल माघ ०७ गतेबाट आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा चरिकोट स्थित जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको छ । उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रमेश प्रसाद शिवाकोटीले गर्नुभएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।

उक्त अबसरमा उहाँले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटोछरितो सेवा पाउने बिश्वास ब्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिनुभयो ।

उक्त अवसरमा बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक श्री सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागी यो एक्स्टेन्सन काउण्टरको सुरुवात गरेको र आधुनिक प्रबिधि समेतको प्रयोग गर्दै सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सुरुमा राजश्व संकलनको मात्रै काम हुने भएतापनि विस्तारै सबै सेवा बिस्तार गर्दै लगिने जानकारी समेत दिनुभयो ।

नेपाल बैंक लिमिटेडले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य बिभिन्न माध्ययम बाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार १९:४६