२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

राष्ट्रिय महिला लिग फुटबलमा पुलिस क्लबको विजयी सुरुआत

९ माघ, काठमाडाैँ । विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुआत गरेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेसको मैदानमा भएको दिनको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालीका उदयपुरलाई ६–० को फराकिलो अन्तरले हारएको हो । पुलिसले उदयपुलाई अधिकांस दबाबमा राखेको थियो ।

एकतर्फी जस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २-२ गोल गर्दा अमृता जैशी र निर्मला बिकले एक-एक गोल आफ्नो नाममा लेखाए । तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध पुलिसले रेखाको गोलबाट सुरुआती अग्रता लिउको थियो । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अमृताले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा सिर्जना प्रहारगरेको बलल उदरपुरकी गोलकिपरको हातमा लागे गोलमा परिणत भएको थियो । इन्जुरी समयमा निर्मलाले गोल थप्दै पहिलो हाफमा पुलिसलाई ४–० को अग्रता दिलाएकी थिएन ।

सुरुआतबाट नै दबाबमा राखेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सक्यो । निर्धातिर समय सकिन एक मिनेट बाँकी रहँदा रेखाले व्यक्तिगत दोस्रो गोल थप्दा इन्जुरी समयमा सिर्जनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जितलाई निश्चित गरिन । जितसंगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ ।पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो । चौदण्डीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगितामा शनिबारलाई तय भएका दुई खेल स्थगित भएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १९:४८