३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

विश्वकप फुटबलमा अाज डेनमार्क र अष्ट्रेलिया, फ्रान्स र पेरू तथा अर्जेन्टिना र क्रोएसिया भिड्दै

७ असार, काठमाडाैँ ।  रुसमा जारी विश्वकप फुटबलमा अाज तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा गर्दैछन । खेल समारा एरिना रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग २–१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई १–० ले पराजित गरेको थियो ।

दोस्रो खेलमा राति ८ः४५ बजे समूह सी कै फ्रान्स र पेरू प्रतिस्पर्धा गर्दैछन । सो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ। अघिल्लो चरणको यात्रा तय गर्न पेरूलाई यो खेल जित्नैपर्ने दबाब रहेको छ । त्यस्तै निज्नी नोभगोरोड रंगशालामा राति ११ः४५ मा अर्जेन्टिना र क्रोएसिया प्रतिस्पर्धा गर्दैछन । पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने क्रोएसियाले नाइजेरियालाई २–० ले हराएको थियो ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार १०:५२