३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

विश्वकप फुटबलः इरानलाई १–० हराउँदै स्पेन विजयी

७ असार, काठमाडौँ । विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा इरानलाई १–० ले हराउँदै स्पेन विजयी भएको छ । स्पेनको जितमा डियगो कोस्टाले ५४ औं मिनेटमा गोल नै निर्णायक बन्यो । स्पेनले १–० को नतिजा निकाल्दै महत्वपूर्ण तीन अंक थप्न सफल भयो । समूह ‘बी’ मा स्पेनको चार अंक भएको छ ।

यसअघि स्पेन र पोर्चुगलले ३–३ गोलको बराबरी खेलेर एक–एक अंक बाँडेका थिए । समूह ‘बी’बाटै बुधबार रातिको खेल जितेको पोर्चुगलको पनि समान चार अंक छ । अब समूह ‘बी’बाट स्पेन र मोरक्को तथा पोर्चुगल र इरान भिड्नेछन् । विजेता नकआउट चरणमा पुग्ने छ । समूह ‘ए’ बाट विश्वकप आयोजक रुस र उरुग्वे नकआउट चरणमा पुगिसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार १०:१८