११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

वीर अस्पताललाई हेल्थ डेस्क क्लिनिक हस्तान्तरण

५ माघ, काठमाडाैँ । वीर अस्पतालमा निर्माण गरिएको हेल्थ डेस्क क्लिनिक (ज्वरो नाप्ने कोठा) औपचारिक रुपमा अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपालमा कोभिड १९ को महामारी फैलिए लगत्तै वीर अस्पतालमा रत्नाग्य, हेल्प नेपाल नेटवर्क तथा न्यू डायमेन्सन, कुलेश्वर – १४ को सहयोग तथा वीर अस्पतालको सहकार्यमा ज्वरो नाप्ने कोठा सञ्चालनमा आइरहेको थियो । उक्त हेल्थ डेस्क क्लिनिक सोमबारदेखि औपचारिक रुपमा बिर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

वीर अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दुरी तथा स्वास्थ्य मापदण्डको विषयमा काउन्सिलिङ गर्नुपर्ने, तथा कोभिड १९ को संक्रमित पनि छुट्याउनुपर्ने भएकोले वीरमा उक्त डेस्क स्थापना गरिएको हेल्प नेपाल नेटवर्ककि सचिव लता घिमिरेले जानकारी
हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण गरिएसँगै आगामी दिनमा आवश्यक मर्मतसम्भार तथा सञ्चालनमा नियमितता दिन आग्रह गरिएको छ ।

हेल्थ डेस्क क्लिनिक(ज्वरो नाप्ने कोठा) ३ लाख ७५ हजार रुपैँयाको लागतमा निर्माण भएको हो । कुनैपनि उपचारअघि ज्वरो नाप्ने कोठामा ज्वरो नाप्न तथा परामर्श लिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : January 18, 2021 at 4:00 pm