४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?

२ माघ, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलो ८ अर्व बराबरको साधारण सेयर (आइपिओ) आज देखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी रु. २० अर्बको ४० प्रतिशतले हुन आउने रु ८ अर्ब रकम बराबरको प्रतिशेयर १०० अंकित दरका ८ करोड कित्ता शेयर मध्ये ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुको लागि तथा ५ प्रतिशतले हुन् आउने ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्याइएको छ ।

बैंकको उक्त आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । लगानीकर्ताहरुले उक्त आइपिओ न्यूनतम १० कित्ता देखि बढीमा २ करोड कित्ताको लागि आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा माघ २ गतेदेखि छिटोमा माग ६ गतेसम्म र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १०:०६