२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

पत्रकार सुनिल कोइरालाको गीतिसंग्रह सुनिल विमोचन

१ माघ, काठमाडौँ । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाको गीतिसंग्रह सुनिल विमोचन भएको छ। टेलिभिजनकर्मी तथा फिल्मर म्यूजिक भिडियो निर्देशक भूषण दाहालले ‘सुनिल’को विमोचन गरेका हुन।

दाहालले सुनिलका गीतहरु सरल र सुन्दर भएको भएको बताए। ‘मेरो अनुभवमा ती गीतहरु सरल छन्,’ दाहालले भने, ‘सुनिलमा संग्रहित कतिपय रेकर्ड नभएका गीत अत्याधिक सरल र कालजयी हुने गीतहरु छन्।’

कार्यक्रममा निर्देशक मनोज पण्डितले गीति संग्रहमा प्रजातन्त्र प्राप्त भएपछि विकास भएको चेतनास्तरलाई मध्यमवर्गीय परिवारको आँखाबाट आफ्नो भाव व्यक्त गर्न गीतकार सुनिल सफल भएको बताए।

९९ गीतहरुको संग्रह रहेको गीति संग्रह स्कुल अफ लिडर्स प्रालिले प्रकाशन गरेको हो। विमोचन कार्यक्रमको संचालन पत्रकार शिव श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : January 14, 2021 at 7:52 pm