११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अमेरिकामा रहेका १८ नेपालीलार्इ पक्राउ गरी जेल हालियो, अबैध अप्रवासीप्रति ट्रम प्रशासन कठोर

६ असार, काठमाडाैँ । अमेरिकामा अप्रवासी १८ नेपालीलार्इ पक्राउ गरी जेल हालिएको छ । अप्रवासीप्रति ट्रम प्रशासन कठोर बन्दै गएको छ । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको र रेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थालार्इ उधृत गर्दै बीबीसीले जनाएको छ ।

मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ। त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य-अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ। पक्राउ गरिएकाहरूलाई उनीहरूका भाषाका आधारमा समूह बनाएर राखिएको र उनीहरूमध्ये धेरैले वकिलसँग आफूलाई कुराकानी गर्न नदिएको बताइएको छ ।

 वाशिङटन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपालीबारे दूतावाससँग कुनै पनि जानकारी नभएको बीबीसीलाई बताएका छन । एउटा स्थानीय अनलाइन ओरेगन लाइभ डट कमका अनुसार ती आप्रवासीहरूलाई भेट्ने प्रयास गरेका वकिलहरूलाई संघीय अधिकारीहरूले सोमवार तेस्रो पटक पनि भेटघाट गर्न दिएनन्। ट्रम्पले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलताको नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाइ गरिएको छ।

प्रकाशित मिति : June 20, 2018 at 1:15 pm