४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२८ पुस, काठमाडाैँ । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा १५ गुणा बढी आवेदन परिसकेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार सोमबार साँझसम्म १० लाख ६७ हजार ८९३ जना आवेदकबाट २ करोड १० लाख ५२ हजार ३२० कित्ताको लागि आवेदन परेको छ ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार ०९:५३