१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रधानन्यायाधीशकै छोराको सेटिङमा जिल्ला न्यायाधीशलार्इ घुस ! अभियुक्त धराैटीमा रिहा

५ असार, काठमाडाैँ । कराेडाैँ रूपैयाँ घुस खाएर म्यानपावर व्यवसायी राम श्रेष्ठलार्इ धराैटीमा छाडेको भन्दै न्यायाधीश माथि नै छानविनको माग गर्दै उजुरी परेको छ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश अमृबहादुर वस्नेतविरुद्ध  घुस खाएर न्याय सम्पादनमा विचलित भएको भन्दै न्याय परिषदमा उजुरी नै दर्ता भएको छ ।

वस्नेतले भि.एल.एन. नेपालका सञ्चालक राम श्रेष्ठविरुद्ध मलेसिया जाने कामदारलाई अनावाश्यक रकम असुल गरेको र आँखाको रेटिना, सबै अम्लाको ल्याप्चे र मुखाकृति लिएर मलेसियन कम्पनीलाई बेच्ने गरेको र किटानिसाथ २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ ठगि बिगोमा सोही बराबरको जरिवाना तथा ५ वर्ष कैद सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेकोमा न्यायाधीश बस्नेतले गत जेष्ठ ३० गते अभियुक्तलाई १० लाख धरौटीमै रिहा गर्ने आदेश गरेको थिए । बस्नेतको अादेश कराेडाैँ रकमकाे घुसपछि अाएको भन्दै गत शुक्रबार परिषदमा उजुरी परेको हाे । बस्नेत यसअघि पनि न्याय सम्पादनमा विचलित भन्दै सरूवामा परेका थिए ।

परिषदमा दिएको उजुरीमा भनिएको छः “जिल्ला न्यायधिस बस्नेतले गरेको उक्त आदेशको ब्यहोरा कानून र कानूनी मान्यता विपरित हुने गरी अप्रत्यासित देखिएको, विभिन्न संचार माध्यममापनी समाचार प्रकाशन भएको कारणले न्यायलय, न्यायप्रदान गर्ने र त्यसमा पनी सामाजिक अपराधका रुपमा रहेका मुद्दाहरुमा समाजमा जनतालाई राज्य भएको महशुस हुन नदिई विभिन्न प्रभावमा परि आदेश गरेको देखिएकोले ठुलो आर्थीक चलखेल भएकोे छ ।”

“त्यस्तै समाजमा भएका समस्या निराकरणमा न्यायलयले खेल्नु पर्ने भूमीकामा न्यायधिस चुकेको, सपष्ट प्रमाण, अभियुक्तले आफुले सोकाम गरेको भनी बयानमा स्विकार गरेको, तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्त श्रेष्ठले अभियोग अनुसारको कसुर गरेको भन्ने स्पष्ट देखिदा देखिदै पनि ३ बर्ष भन्दा बढी कैद सजाय हुने मागदावी भई २ अर्ब ८६ करोड १५ लाख ८० हजार ३६० रुपैयाँको विगो खुलाइएको भए पनि आदेश अभियुक्तलाई उन्मुक्ति प्रदान गर्ने हिसावले आएको”

विभिन्न सन्चार माध्यममा उक्त मुद्दाको आदेशमा ठुलो आर्थीक चलखेल भएको भन्ने समाचार प्रकासीत भएको हुँदा यसरी अदालतको गरिमा र न्यायको औचित्यता समाप्त गर्ने सम्मका कार्य भएको देखिएको, अदालतजस्तो निकाय पैसामा न्याय सम्पादन गर्ने गरेको कार्य असैह्य भएकोले न्यायिक क्षेत्रमा भएका यस प्रकारका गतिविधीले न्यायलय ‘न्याय’शब्दबाट अलग्गिने अवस्था वन्ने, अदालत भ्रष्टाचारको अखडा वन्दै जाने, समाजमा अपराध गर्नेहरुको मनोवल उच्च हुने र जनताहरु सधै ठगिएर रहनु पर्ने अवस्था अझ विधमान हुदै जाने पक्षलाई गम्भिर रुपमा लिई राज्यको अदालतजस्तो निकायबाट गरिएका यस्ता भ्रष्टाचार नियन्त्रण गरि हदै सम्मको कार्यवाही गराउनु र न्यायलाई स्वच्छ राख्ने कार्य गर्नु सबै नागरिकको समान दायित्व रहेको” भन्दै उजुरी दर्ता गराएको उल्लेख गरिएको छ ।

उक्त मुद्धामा आदेश गर्ने जिल्ला न्यायधिस बस्नेत, समाचारमा सार्वजनिक रुपमा नाम मुछिएका काठमाडाैँ जिल्ला अदालतका मुख्य जिल्ला न्यायधिस, सर्वोच्च अदालतका वर्तमान का.मु.प्रधानन्यायधिसका छोरा, विचौलिया नारायण दाहाललाई समेत मुछिएको समाचार सार्बजनिक भएको थियो । उजुरीमा  का.मु.प्रधानन्यायधिसका छाेराको सेटिङमा न्यायाधीश बस्नेतले घुस खाएको अारोप समेत लागेको छ । यसअघि पत्रकार  मात्रिका पाैडेलले समेत यो विषयमा सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गरेका थिए ।

पाैडेलले फेसबुकमा लेखेको स्टाटस

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार २०:१२