२१ पुष २०८१, आईतवार | Sun Jan 5 2025

नुवाकोटको पासाङ ल्ह्यामु राजमार्गमा डरलाग्दो ‘सवारी डान्स’ (भिडियोसहित)

५ असार, काठमाडौँ । नुवाकोट प्रवेशको मुख्य मार्ग पासाङ ल्ह्यामु राजमार्ग यात्रा लागि ज्यादै डर लाग्दो बनेको छ । खाल्डाखुल्डीमा परेर गाडी उफ्रने मात्रै नभई पासाङ ल्ह्यामु राजमार्गमा यात्रा गर्दा गाडीनै बाटोमा नाच्ने अवस्था सिर्जना भएको छ । सडकमा खाल्डाखुल्डी र हिलोको कारण सवारीहरु एकैपटक छेउभित्तो र तलमाथी हुन्छ अर्थात  ‘सवारी डान्स’ हुने गरेको छ ।

२०७२ सालको भूकम्पपछि मात्रै सडकमै पहिरोमा पुररिएर र ढुंगाले लागेर एक दर्जन मानिसले ज्यान गुमाई सकेका छन । काठमाडौँदेखि पिपलटारसम्मको सडकलाई दुई भागमा विभाजन गरेर कोशी र शैलुङ कन्सट्रक्सनले विस्तार गरिरहेको बाटोमा काममा समेत अपेक्षाकृत उपललब्धि देखिएको छैन ।

सडक विस्तारमा घर परेका पीडितहरुलाई राहत समेत सरकारले दिन सकेको छैन । यद्यपी सडक विस्तारमा पर्ने घर टहरा भने पीडितहरुले आफैँले हटाइसकेका छन । सडक विस्तारमा चरम लापरवाही रहेपनि सडक विभाग र जिल्ला प्रशासन कार्यालयले खासै चासो दिएको छैन ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार १७:१७