निर्धन उत्थान लघुवित्तले घोषणा गर्यो लाभांश
२६ पुस, काठमाडाैँ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । पुस २४ गते बसेकाे संस्थाको संचालक समितीको बैठकले शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : २६ पुष २०७७, आईतवार १२:१२













