११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

२५ वर्षपछि नेपाल र जापानबीचको हवाई सम्झौता नवीकरण

५ असार, काठमाडौँ । नेपाल र जापानबीच हवाई सम्झौता नवीकरण भएको छ । सम्झौताको २५ वर्षपछि नविकरण भएको हो । सन् १९९३ पछि सोमबार जापानमा भएको सम्झौता अनुसार नेपाली विमानले अब जापानको हानेडा विमानस्थलबाहेक अरु सबै विमानस्थलमा हप्ताको १४ वटा उडान भर्न पाउनेछन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन सचिव कृष्ण देवकोटा र जापानी उच्च अधिकारीबीच सोमबार भएको सम्झौता अनुसार नेपालले हप्तामा १४ वटा उडान गर्न पाउने छ । १४ वटा भन्दा भन्दा धेरै उडान नहुने गरी दिनमा ३ वटासम्म पनि नेपालले जापानमा उडान गर्न पाउनेछ । नेपाल वायुसेवा निगमले यसै महिना ल्याउने नयाँ जहाजले अब जापानमा पनि उडान गर्न पाउनेछ ।

प्रकाशित मिति : ५ असार २०७५, मंगलवार ०८:५०