२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

टोखामा चक्कु प्रहार गरी मोबाइल लुटपाट

२३ पुस , काठमाडौँ । टोखामा चक्कु प्रहार गरी मोबाइल लुटपाट भएकाे छ । टोखा नगरपालिका-९ दिपज्योती बस्ने सुर्खेत गुरुवाकोट नगरपालिका-६ घर भएका एक पुरुषको बुधबार राति मोबाइल लुटपाट भएको हाे ।


ती पुरुष समेत २ जनालाई ४/५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले चक्कु प्रहार गरी घाइते बनाई उनको साथमा रहेको मोबाइल लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ । चक्कु प्रहारबाट घाइते भएका उनीहरुको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार १३:०९