४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

फरवार्ड माइक्रोफाइनान्सले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

२३ पुस, काठमाडाैँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २२ गते बसेको कम्पनीको  संचालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.५८ प्रतिशत नगद गरि कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउने छन् ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ११:३१