गणपति लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस शेयर कति ?
२३ पुस, काठमाडाैँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृती भए पश्चात र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ११:०६













