३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने

२१ पुस, काठमाडाैँ । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त  भएका छन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव चन्द्र कुमार घिमिरेले जानकारी दिएका छन ।

सचिव घिमिरेको संयोजकत्वमा महाप्रवन्धक सिफारिसका लागि समिति गठन भएको थियो । जुन समितिले न्यौपानेसहित कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायण बिँडारीको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले तीमध्येबाट न्यौपानेलाई नियुक्त गरेको हो ।

न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र पूर्वाञ्चल विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन ।  माछापुच्छ्रे बैंकको सञ्चालक समिति सदस्य रहेका न्यौपानेले यसअघि चौधरी ग्रुपको महाप्रबन्धक, हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्धक निर्देशक भएर काम गरेका छन ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १८:२१