समता लघुवित्तकाे नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा
२१ पुस, काठमाडाैँ । समता लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ । संस्थाले एक सूचना प्रकाशन गर्दै संस्थाको वार्षिक साधारण सभाले पारित गरेकाे ६.३२ प्रतिशत (करसहित) नगद लाभांश बुकक्लाेज हुँदासम्म अर्थात् पाैष ४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा नै जम्मा गरिएकाे जनाएकाे छ ।

त्यसैगरी, संस्थाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन अनुराेध गरेकाे छ । संस्थाको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेकाे छ ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १३:१७













