४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

शिखर इन्स्योरेन्सले घोषणा गर्याे लाभांश

२१ पुस, काठमाडाैँ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाइ लाभांश घोषणा गरेको छ। पुस २० गते बसेकाे इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हकप्रदपछि कायम चुक्ता पूँजीको २७.७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

२०७७ असार मसान्तसम्म इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ थियो। सोही पूँजी अनुसार इन्स्योन्सले ३६.१ प्रतिशत बोनस र १.९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ११:०८