११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

किसानको पैसा नदिने चिनी उद्योगीलाई जेल हाल्ने तयारी

४ असार, काठमाडाैँ । सरकारले कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योगलाई कारवाही गर्ने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले सुनसरी, सिरहा, सर्लाही, बारा, पर्सा, नवलपरासीलगायत जिल्लामा उखुको रकम भुक्तानी नगरेको भनी उजुरी परेकामा प्रजिअले उद्योगीलाई बोलाई छलफल गरी तत्काल कृृषकको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

उद्योगीले तत्काल कृषकको रकम दिन नमानेमा कानूनबमोजिम कारवाही गर्ने सम्बन्धमा रायसहित सात दिनभित्र गृह मन्त्रालयमा सिफारिश गर्न प्रजिअलाई बैठकले निर्देशन दिएको छ ।

प्रकाशित मिति : June 18, 2018 at 6:24 pm