प्रभु लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज?
१७ पुस, काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्सको सर्बसाधारणको लागि जारी गरेको आइपिओ समेत गरी २ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ । पुस १७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र उक्त कम्पनीविच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो। यसअनुसार सूचीकरण भएको दोस्रो दिन अर्थात आइतबारबाट कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री हुनेछ।

कम्पनीले दोस्रो बजार कारोबारका लागि पिएलआई कोड पाएको छ । भने पहिलो कारोबारको लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ। यहि रेञ्जमा आधारित रहेर आइतबार इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार १५:४४













