चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट,अधिकतम ८० कित्तासम्म शेयर पाउने कति ?
१५ पुस, काठमाडाैँ । चन्द्रागिरी हिल्स लिमिटेडकाे आईपीओ बाँडफाँट भएको छ । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा शेयर बाँडफाँट भएको हो ।
कम्पनीकाे शेयरमा १० देखि ७० कित्तासम्म आवेदन गर्नेले माग अनुसार नै पाएका छन् । त्यस्तै ८० कित्ता भन्दा बढी आबेदन गर्नेले पनि न्युनतम ७० कित्ताका दरले बाँडफाँट गरेर बाँकी रहेकाे शेयर गाेलाप्रथाबाट ८० कित्ताभन्दा बढी आवेदन गर्ने १ हजार १६३ जनालाइ थप १० कित्ता शेयर वितरण गरेकाे हाे । यस्तै थप १० कित्ता नपाउनेहरुबाट ९ जनालाई थप १ कित्ता शेयर पाउने गरी बाँडफाँट भएको छ ।

कम्पनीको आईपिओमा ४ हजार ८०८ जनाले आवेदन दिएको मध्ये २०४ जनाको आवेदन रद्द भएको भएको थियो । कम्पनीको आईपीओ आवेदन गर्ने ४ हजार ६०४ जनालाई शेयर बाँडफाँट गरिएको हो । कम्पनीले गत मंसिर १७ गतेदेखि पुस १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता निष्काशनमा ल्याएको थियो ।
प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १७:२४













