४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

आइपिओ निष्काशन गर्दै दोर्दी खोला जलविद्युत

१५ पुस, काठमाडाैँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । पौष १२ गते बसेको संस्थाको संचालक समितिको बैठककाे निर्णयानुसार माघ ९ गते, शुक्रबार कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौँमा बिहान ११ बजे जुमको माध्यमबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।


सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत विवरणहरु, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डामाथि छलफल गरी पारित गरीनेछ ।

प्रकाशित मिति : १५ पुष २०७७, बुधबार १३:३०